Thursday, March 28, 2024

ईसाई समाज पुनर्वासको ५ औं साथारण सभाबाट डा. सुलेमान सम्मानित, नयाँ कार्य समिति पनि चयन

प्रकाशित:

किशोर तामाङ ।

पुनर्वास । इसाई समुदायको छाता संगठन कञ्चनपुर ईसाई सामाज शाखा पुनर्वासको ५ औं वार्षिकोत्सव एवं साधारण सभा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

पाँचौ वार्षिकोत्सव समारोह एवम् साधारण सभा पुनर्वास नगरपालिका वडा नं ३ स्थित नबज्योती चर्च रामबस्तिमा पुनर्वास ईसाई मण्डलीका सस्थापक पास्टर काम सिङ तामाङ र शाखाका अध्यक्ष पास्टर बल बहादुर तामाङले संयुक्तरुपमा दिप प्रज्वलन गरेर समारोहको समुद्घाटन गर्नु भएको थियो ।

पुनर्वास नगरपालिका भित्र रहेका मण्डलीहरूको आत्मिक विकास, चर्चहरुको निर्माण, सामाजिक सेवा लगायतका क्षेत्रमा उतुल्नीय योगदान गरेको कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासले साभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक तथा सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल गर्दै साधारण सभामा सचिव शमसेर तामाङ र कोषाध्यक्ष कर्णजित तामाङ को कार्यप्रगति र आर्थिक प्रतिवेदन क्रमशः प्रस्तुत गर्नु भएको थियो ।

ईसाई समाज शाखा पुनर्वासले आफ्नो पाँचौ साधारणसभाबाट ईश्वर शास्त्र मा म्यअतयच या ःष्लष्कतचथ उपाधी म्बथकउचष्लन ऋजचष्कतष्बल ग्लष्खभचकष्तथ बाट डाक्टर उपाधि हासिल गरेका रेभ शुलेमान तामाङलाई प्रशम्सा पत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको सचिव शमसेर तामाङले जानकारी दिनुभयो।

ईसाई समाज शाखा पुनर्वास अन्तर्गत रहेका करिब ४२ मण्डलीका १सय वढि पास्टरअगुवाहरु सहभागी भएको उक्त सभाले साधारण सभामा प्रस्तुत एजेन्डाहरू पारित गर्दै अन्त्यमा आगामी २ बर्षका लागि पुरानो कार्यसमिति बिगठन गर्दै रेभ राजकुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नब गठित समितिका लागि प्रमुख अतिथि रेभ कामसिङ तामाङले समर्पण र आशिश्को प्रार्थान गरिदिएका थिए।

कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष पास्टर बल बहादुर तामाङको सभापतित्वमा नगरपालिका भित्रका करिब एक सय वढि प्रतिनिधिहरु सहभागी भएको उक्त साधारण सभामा प्रमुख अतिथिमा रेभ पास्टर कामसिङ तामाङ,बिशिष्ट अतिथिमा रेभ डा सुलेमान तामाङ रहनु भएको थियो। रेभ पास्टर कर्णजित तामाङको स्वागत मन्तव्य र सल्लाहकदद्बय पास्टर दिल तामाङ र पास्टर हर्कसिङ तामाङको शुभकामना मन्तव्य संगै पास्टर आईतराम तामाङ द्धारा शुरूको प्रार्थना गर्दै सञ्चालन गरिएको उक्त साधारण सभा शाखाका सचिव शमसेर तामाङले सञ्चालन गरेका थिए।

यसैगरी साधारण सभा अघि करीब ६० लाखको लागतमा पुनर्वास नगरपालिका वडा नं ३ रामबस्तीमा निर्मित ईसाई समाज शाखा पुनर्वासको नव निर्मित सभाहलको उद्घाटन कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य मनानिय तारा लामा तामाङ ज्यूले गर्नुभएको थियो ।उक्त भवन मनानिय लामा ज्यूको पहलमा निर्माण गरिएको हो।

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार