Friday, March 29, 2024

कञ्चनपुरमा बैशाखमा मात्र तिनवटा बलात्कारका घटना दर्ता, ५ जना आरोपीत प्रहरीको खोरमा

प्रकाशित:

महेन्द्रनगर । पछिल्लो समय देशभर नै बलात्कारका घटनामा वृद्धि भएको देख्न ,सुन्न, अनि पढ्न पाईन्छ । देशभरनै बलात्कारका घटनामा वुद्धि भएसंगै कञ्चनपुर जिल्लामा पनि बैशाख महिनामा मात्र तिनवटा बलात्कारका घटना दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बलात्कार गरेको आरोपका घटनामा बैशाखमा मात्र पाच जना युवालाई पक्राउ गरि अनुसन्धानको दायरामा जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको छ ।जिल्लाको भीमदत्त नगरपालिका वडा न ८,९ र वेदकोट नगरपालिकाको एक गरी बैशाख महिनामा मात्र तिनवटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डागीले बताए ।

प्रवक्ता डागीले मोबाईल फोनको गलत प्रयोग, लागु औषध दुर्वसन, को कारण बलात्कारका घटना लगाएतका विभिन्न अपराधिक क्रियाकलापका घटना घट्ने गरेको पाईएको छ । ।कञ्चनपुर जिल्ला भारत संङग खुल्ला सीमानाको रुपमा जोडिएको कारण दिन प्रतिदिन भारतबाट लागुऔषध नेपाल भित्रिने गरेको उनको भनाई रहेको छ ।

डागीले विगतका दिनहरुमा बलाल्कार जस्ता जघन्य अपराधहरु घटना प्रहरीकोमा गए बदनाम हुने डरले गाउघरमा मिलापत्र गरिन्थ्यो,।’‘तर आजभोली मानिसहरु शिक्षित भएर होला उजुरी दिने क्रममा वृद्धि भएको पाईन्छ,’। कञ्चनपुर जिल्लामा लागुऔष पेसेबर तथा लागु औषध प्रयोगकर्ताहरुलाई प्रहरीले दिनप्रतिदिन पक्राउ गरिरहेको भएपनि लागु औषध गिरोहको जालो भने प्रहरी हालसम्म भत्काउन सकेको भने छैन ।

 

ताजा समाचार

सम्बन्धित समाचार