Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

पुर्वाधार विकास कार्यालय कञ्चनपुरका ९० प्रतिशत योजना टेन्डर प्रक्रिया मार्फत कार्यान्वयनमा

प्रकाशित:

Advertisements

महेन्द्रनगर । पुर्वाधार विकास कार्यालय कञ्चनपुरबाट भीमदत्त नगरपालिकामा मात्रै १ सय ३८ विकासका योजनाहरु टेण्डर प्रक्रिया मार्फत कार्यान्वयनमा छन् ।

सुदूर पश्चिम प्रदेश सरकारको बजेटको छनोटमा परेका, पुर्वाधार विकास कार्यालय कञ्चनपुरबाट सञ्चालनमा रहेका सडक कालोपत्रे देखि दुवैतिर नालिसहितका सडक पिच, कल्भर्ट निमार्ण, ढल निकास, तटबन्ध सहित सडक कालोपत्रे लगायतका १ सय ३८ वटा विकास योजनाको काम धमाधम भईरहेकोे पुर्वधार विकास कार्यालय कञ्चनपुरका कार्यालयका प्रमुख धिरेन्द्र भट्टले बताए ।

कार्यालय प्रमुख भट्टका अनुसार पुल निर्माणको लागि पनि प्रदेश सरकारले १०÷१० लाख पर्ने गरी बजेट छुट्याएको थियो। कार्यालय प्रमुख भट्टले भने, ‘सडक तथा झुलङ्गे पुलहरुमा लागत अनुसारको बजेट विनियोजन नभएको तथा भौतिक मन्त्रालयबाट बहु बर्षीय स्रोत सुनिश्चता प्राप्त लागत अनु्सार नभएकोले पुल निर्माणको लागी टेन्डर आव्हान गरिएको छैन ।’ ‘१ सय ४१ योजना हरुमा ९० प्रतिशत योजना टेन्डर प्रक्रिया मार्फत स्थानिय तहमा गईसकेको छ ।’ ‘४ र ५ योजनाहरुमा स्थानीय हरुको विवादको कारण तथा स्थलगत विवादका कारण  टेन्डर प्रक्रिया कार्यन्वयन गर्ने गाह्रो भएको छ ।’

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार