Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुरमा एकजना बालिका बलात्कृत

प्रकाशित:

Advertisements

एश्वर्या कुँवर, कञ्चनपुर । कञ्चनपुुरको भीमदत्त नगरपालिकामा बलात्कारका घटना एकपछि अर्को नियन्त्रणको साटो बढेका बढ्यै छन ।

पाँच बर्ष अघि १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएयता बर्षनी भीमदत्त नगरमा बलात्कारका घटना रोकिनुको साटो बढिरहेका छन ।

गएराती पनि यस्तै १७ बर्षिया बालिका माथि बलात्कारको घटना घटेको छ । भारतमा बस्दै आएकी ति बालिका घर आएका बेला गाँउकै एक युवकले बलात्कार गरेको भन्दै घर परिवारले प्रहरीमा निवेदन दिएका छन ।

पीडित परिवारले गाँउकै केटाले रातीका बेला खेतमा बलात्कार गरेको बताएका छन । बिहीबार दिउँसो बालिकाको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए । ‘निवेदन आएको छ, हामीले बालिकाको स्वास्थ्य परीक्षण पनि गरेका छौँ, ‘उनले भने, ‘दोषि भनिएका व्यक्तिको खोजिकार्य भईरहेको छ ।’

पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । कुनै पहँचका भरमा दोषीलाई उन्मुक्ति दिने कार्य नगरे प्रहरीले निष्पक्ष छानबिन गर्दै दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

भी.न.पा ८ की बालिकामाथि घटेको घटनाको छानबिन गरेर दोषि उपर कानुनी कार्बाही गर्नुपर्ने कञ्चनपुरकी अधिकारकर्मी माया नेगी बताउँछन । दोषिलाई बचाउनेदेखि प्रहरीले घटना हल्का ढङगबाट हेरे वास्तविक पीडितले न्याय नपाउने भएकाले घटनाको सुक्ष्म अध्ययन गरेर अघि बढ्नुपर्ने अनुरोध गरेकी छिन । बर्षनी भीमदत्त नगरपालिका क्षेत्रमा बलात्कार घटना हुनथालेपछि स्थानीय समेत त्रसित भएका छन ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार