महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल युरोपियन यूनियन चलचित्र महोत्सव हुने भएको छ ।

नेपाल युरोपियन यूनियनले सुदूरपश्चिम विश्विद्यालयको समन्वयमा शुक्रबारदेखि भीमदत्त नगरपालिका-१८ सालघारी स्थित विश्वविद्यालयकै हलमा हुने भएको छ ।‘सबैका लागि मानव अधिकार’ भन्ने मुल नाराका साथ पहिलो पटक उक्त चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवमा यूरोपियन र नेपाली मानव अधिकार संग सम्बन्धीत चलचित्र यहीँ बैशाख १५ गते देखि १७ गते सम्म तीन दिन प्रर्दशन हुनेछन ।

नेपालका लागि युरोपियन उपराजदुत डा. जोलीले मानव अधिकार विषयका ८ वटा लघु नेपाली चलचित्र र ८ युरोपेली चलचित्र गरी १६ वटा चलचित्र प्रदर्शनी हुने बताईन् ।

उनका अनुसार महोत्सवमा सबै चलचित्र निशुल्क हेर्न सकिने र समय १२ बजे देखि ५ बजे सम्म रहेको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र ७५औँ वार्षिकोत्सवको अवसर पारेर १२औँ संस्करणको आयोजना गरेर महोत्सव नेपालको महेन्द्रनगर सहितका तीन स्थानमा हुनेछ । सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर,कर्णाली प्रदेशको वीरेन्द्रनगर तथा काठमाडौंमा आयोजना हुनेछ ।