Saturday, April 20, 2024

कञ्चनपुरको जिल्ला समन्वय समिति कार्यालयमा जातिय तथा लैङ्गिक विभेद कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको जिल्ला समन्वय समिति कार्यालयमा दलित महिला संघ (फेडो) जिल्ला स्तरिय सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

समग्र विकासको अवरोध, सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सरोकारवालाहरुको भूमिका विषयक जिल्ला स्तरिय सम्वाद कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका बिशिष्ट अतिथि एवम फेडोका संस्थापक अध्यक्ष दुर्गा सोवले समाजमा रहेको जातीय, लैङ्गिक, धार्मीक र राजनैतिक विभेद र छुवाछुत विरुद्ध शूंन्य सहनशिलताको नीतिलाई कार्यान्वयन गर्न, न्याय, सम्मान र समतामूलक समाज स्थापनाका लागि निरन्तर रुपमा सबैले एकजुट हुनपर्ने बताईन् ।

विद्यमान ऐन कानून कार्यान्वयन गर्न तीनै तहका सरकार समक्ष दलित, दलित महिला र महिलाका सवालहरू उठान गर्ने र अधिकार प्राप्तिका लागि संगठित हुन आवस्यक रहेको बताईन् । उनले सबै क्षेत्रमा दलित र दलित महिलाको जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने माग गरिन् ।

दलित महिला संघ एउटा अभियानमा रहेको र उक्त अभियान गर्ने क्रममा देशमा संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउन सबै समुदायका जातिको अहम भूमिकाले नै उक्त लोतान्त्रिकको स्थापना गरिरहँदा अहिले पनि यो विभेदको खाडल नपुरिएको उनले बताईन् । यहाँको मुद्धा, सवाल समस्या प्रति यहाँको सरकार, प्रदेश सरकार कसरी सम्वेदनशिल हुन्छ त भनेर यो कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।

सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाहरुको पहुँच र अभिवृद्धिमा स्थानिय सरोकारवालाहरुको भुमिका के हुने त ? भनेर यो कार्यक्रमको आयोजना भएको बताईन् । पेशालाई जात बनाएर जातलाई भेदभाव गर्ने कुरुती कुसंस्कारको जरो गाडिएको यो अवस्थामा समाजको लागि हानिकार संस्कारलाई हटाउनको लागि सबैले संगठित भएर लाग्नु पर्ने बताईन् ।

कार्यक्रमका बिशिष्ट अतिथी एवम दलित महिला संघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले अहलिे स्थानिय तहमा पनि दलित महिलाहरुको लागि बजेट आएपनि कतिपय महिला दिदिबहिनीहरुलाई जानकारी नै नभएको अवस्था रहेको परिवेशमा वडामा रहेका दलित महिला सदस्यहरुले आफनो आवाज मार्फत महिलाहरुको लागि आएको बजेट उनिहरुकै नाममा विनियोजन गरिनु पर्ने बताईन् । साथै आफुहरुलाई आवस्यक पर्ने योजना के हो त्यो अनुसार योजनाहरु माग गर्नु पर्ने बताईन् ।

न्यायमा पहुँच बढाउन विकास प्रक्रियामा पनि समान पहुँच बनाउनका लागि सबैले एकजुट भएर लाग्नु पर्ने बताईन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहराले हाम्रो समाजमा रहेको जातिय विभेद अहिले पनि कायम हुनु भनेको हामी कुन समाजमा रहेका छौ भन्ने बुझाउने बताए ।

कानुनमा सबैखाले विभेदको अन्त्य भएपनि समाजमा विभेद कायमै रहेको र यो देशमा रहेका नागरिकहरुले विभेद अँझै कायमै रहेको महसुस गर्नु भनेको त्यो राष्ट्रियता आफै कमजोर हुनु रहेको बताए । जहाँ राष्ट्रियता कमजोर हुन्छ त्यँहा विकास सम्भव नहुने बताए ।

कार्यक्रमका अध्यक्ष तथा फेडो कञ्चनपुरका अध्यक्ष लक्ष्मि विकले स्थानिय तहमा रहेका जनप्रतिनिधीले दलित महिलाहरुले पनि आफनो वडा भेलामा दलित महिलाहरुको आवस्यक्ता अनुसार बजेट विनियोजन गर्न र उनिहरुलाई आर्थिक रुपमा सबल बनाउने सिप सिकाउन पनि आग्रह गरिन् ।

भूमिहीन, सुकुम्वासी, अव्यवस्थित र संकटग्रस्त स्थानमा बसेका दलित समुदायका लागि सुरक्षित आवासको व्यवस्था हुनुपर्ने, दलित समुदायले सञ्चालन गर्दै आएका परम्परागत पेशाको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि वजेटसहितको कार्यक्रम ल्याउनुपर्ने बताईन् ।

ताजा समाचार

सम्बन्धित समाचार