Saturday, July 27, 2024

कञ्चनपुरमा दार्चुला समाजद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

प्रकाशित:

महेन्द्रनगर ।
दार्चुला समाजले कञ्चनपुरमा नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच दार्चुला समाजले नयाँ बर्षको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्यक्रममा दार्चुला समाजका पदाधिकारी एव सदस्यले दार्चुलामा ऐतिहासिक, प्राकृतिक धार्मिक, साँस्कृतिक एव अन्य भौतिक विवित विषयबस्तु भरिभराउ भएकाले दार्चुलाको प्राकृतिक स्रोत साधन सदुपयोग गर्दै सुदूरपश्चिम प्रदेशको सम्बृद्धिमा जोडदिनुपर्ने सुझाव दिएका छन ।

दार्चुला समाजले दार्चुला सहित प्रदेशकै विवित समाजिक, साँस्कृतिक समस्या निराकरणका लागि समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका छन ।

यसका साथै एक आपसमा शुभकामना आदान प्रदान गर्दै समाजले दार्चुलाको मात्रै नभई सिङ्गो सुदूरपश्चिम प्रदेशको दीगो विकासका क्षेत्रमा भूमिका निर्वाहका लागि सुझाव दिएका छन । समाज मार्फत सुदूरपश्चिम क्षेत्रका मानवको सभ्यता एव दिगो विकास सम्बृद्धिका क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका हुन ।

दार्चुला समाजले कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री जै देव जोशी, पुर्व उपसभामुख भोजराज जोशी, पुर्व कञ्चनपुर अख्तियार प्रमुख विष्णूसिंह विष्ट, सुप प्रदेश क्षेत्रीय शिक्षा निर्देशक दुर्गादत्त विष्ट, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष माधव प्रशाद जोशी सहितको दार्चुला समाजका पदाधिकारी, सदस्य सहित विवित क्षेत्रबाट उपस्थिति रहेको थियो । दार्चुला समाजले कञ्चनपुरका सचिव निरन्जन प्रशाद बिष्टले कार्यक्रम संचालन गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार