Saturday, April 20, 2024

बाघले आक्रमण गरेको महिलाको शव फेला, सुरक्षाकर्मीले बाघलाई लिए नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकाे बेलाैरी नगरपालिका-८ पचुहीकी गङ्गा चन्दको शव २२ घन्टापछि फेला परेको छ ।

शनिबार उनकाे शव खप्टी नालाकाे दलदलमा फेला परेकाे हाे । शव परिक्षणका लागि श्रीपुर प्रथामिक केन्द्र बेलौरीमा पठाइएको प्रहरीले जनाएको छ ।

महिलालाई आक्रमण गर्ने नरभक्षी बाघ शनिबार बिहान ८ बजे सुरक्षाकर्मीकाे नियन्त्रणमा आईसकेकाे छ । विशेष सुरक्षा टाेली सहित रातभर चार हात्ती लगाएर खाेज तलासमा लागेकाे थियाे ।

प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले जानकारी दिनु भयाे ।

बाघलाई इन्जेक्सनले लठ्याएर बेहाेस पारिएको छ । उक्त बाघलाई नियन्त्रणमा लिइ शुक्लाफाटा पठाइएको कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

शुक्रबार बिहान बेलाैरी नगरपालिका-८ की ४२ वर्षीया महिला गंगा चन्द बाघको आक्रमणमा परेकी थिईन् ।

नजिकैकाे खप्टि नालामा घाँस काट्न गएकी महिलालाई आक्रमण गरेपछि स्थानीय सहित सुरक्षाकर्मी दिनभर खाेज तलासमा खटिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार