Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बाघले आक्रमण गरेको महिला अझै परिनन् फेला

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुहीमा घाँस काट्ने क्रममा बाघले एकजना महिलालाई आक्रमण गरेको छ् ।

शुक्रबार बिहान घास काट्दै गर्ने क्रममा ४५ वर्षिया गङ्गा चन्दलाई बाघले आक्रमण गरेको हो ।

कुण्डा सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादबका अनुसार बाघ नियन्त्रणका लागि डिबिजन वन कार्यालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय संग समन्वय भइरहेको बताए ।

उनीसँगै गएका महिलाले भागेर ज्यान जोगाएका छन् । ज्यान जोगाउनेहरुले खबर गरेपछि बेपत्ता महिलाको खोजीमा वन कार्यालयको टिम, ईलाका प्रहरी कार्यालय र स्थानीय बासिन्दाहरु जुटेका छन, भने महिला अहिले सम्म के कस्तो अवस्थामा छन भन्ने पत्ता लागेको छैन ।

बाघको निगरानी ड्रेन क्यामरा बाट गरिएको प्रहरीले जानकारी गराएको छ । करिब महिना दिन जिल्लाको बेलौरी र पुनर्वास लगायत सीमावर्ती क्षेत्रमा बाघ देखिने घटना बढेका छन, यसले गर्दा स्थानीय बासिन्दा त्रसित छन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार