Saturday, July 27, 2024

प्रहरीको तथ्याङ्क अनुसार कञ्चनपुरमा लागुऔषध कारोबारमा संलग्नको संख्या घट्दो

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध कारोबारमा संलग्नहरुको संख्या अघिल्लो दुई आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्ष २०८९/०८० मा कम रहेको तथ्याङ्कले देखाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चालू आर्थिक वर्षको चैत सम्मको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा लागू औषध र कारोबारमा संलग्नको संख्या १ सय ८७ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताएका छन् ।

यस वर्षमा संलग्न पुरुषको संख्या १ सय ६९ जना, महिला ८ जना,भारतीय १० जना रहेका छन् । साथै लागुऔषधको विभिन्न अभियोगमा १ सय ५ वटा मुद्दा चलाइएको छ ।

यो अवधिमा प्रहरीले २६ किलो १२५ ग्राम चरेश, नाइट्राभेट २१ ट्याब्लेट, खैरोहिरोइन् ४६९.८४ ग्राम, proxywel spas समेत १६९ क्याप्सुल, फेनागर १९८ एंपूल, रेक्सोजेसिक २१० एंपूल, डाईजापाम २६६ क्याप्सुल ७५ ट्याब्लेट, प्रोमेथाजिन हाइड्रोक्लोराइड ११ सिसी र प्रेनिरफिन हाइड्रोक्लोराइड सिसी ३ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यो चालू आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध र कारोबारमा संलग्नको संख्या २ सय ३० मध्य पुरुष, २ सय १६ , महिला ४, भारतीय नागरिक १० जना रहेका थिए ।

साथै लागुऔषधको विभिन्न अभियोगमा १सय ४१ वटा मुद्दा चलाएको थियो । सो अवधिमा प्रहरीले १ किलो ५ सय ५१ ग्राम चरेश, नाइट्राभेट ८ सय २० ,खैरोहिरोइन् ८सय ३९ ग्राम स्पास्मो, १ सय ७८ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।

त्यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा लागुऔषध र कारोबारमा संलग्नको संख्या २ सय ३९ जना मध्य पुरुष २ सय १८ जना, महिला ८ जना र १३ जना भारतीय नागरिक रहेका थिए ।

साथै लागुऔषधको विभिन्न अभियोगमा १४३ वटा मुद्दा चलाएको थियो । सो अवधिमा प्रहरीले ३३किलो ९८५.२३८ चरेश, नाइट्राभेट १७४८,खैरोहिरोइन् ५८०.०६० ग्राम, प्रोक्सिवल स्पास समेत ४६२ क्याप्सुल, फेनारगन समेत ४६२ एंपुल, डाईलेक्स- डी सी सिसी ४ थान, गाँजा १४.८८ ग्राम बरामद गरेको थियो ।

लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि ३५ वर्ष उमेर समूहका किशोर किशोरी तथा युवा युवतीहरु बढी संलग्न रहेको नायव उपरीक्षक डाँगीले जनाएका छन् ।

यसैगरी देशभर विकराल रुपमा बढी रहेको लागुऔषध कारोबार कञ्चनपुरमा घट्नुको कारण प्रहरीको सक्रियता रहेको उनले बताएका छन् ।

यसलाई नियन्त्रण गर्न प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको र ठाउँ-ठाउँमा प्रहरी टोली खटाएर नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए ।

यस लागुऔषध दुव्र्यसनले समाजमा विभिन्न घटना आपराधिक क्रियाकलापमा संलग्न गराउने गरेको हुँदा यो सामाजिक समस्याको रूपमा देखिएको उपरीक्षक डाँगीले जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार