Saturday, July 27, 2024

पुनर्वासमा कक्षा आठको नतिजा सार्वजनिकः ३३ प्रतिशत विद्यार्थी ननग्रेड

प्रकाशित:

किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नगर शिक्षा शाखाले कक्षा आठको नतिजा सार्वजनिक गरेको छ। उक्त नतिजा प्रकाशनमा कक्षा ८ को परीक्षमा पुनर्वास नगरपालिकाका १ विद्यालयबाट सबै विद्यार्थी फेल भएका छन भने नगरपालिका भित्र ४५० जना ननग्रेड भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारले सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि बर्षेनी अरबौ रूपैयाँ लगानी गरेता पनि सामुदायिक बिद्यालयहरूमा अध्ययन गर्ने बिधार्थीहरूको परीक्षा नतिजा भने निराशाजनक रहंदै आएको छ।

शैक्षिक सत्र २०७९ मा पुनर्वास नगरपालिकामा कक्षा आठको परिक्षामा १ हजार ३ सय ५२ जना बिद्यार्थीहरू सहभागी भएका थिए।पुनर्वास नगरपालिका शिक्षा शाखा बाट तयार भएको परीक्षा नतिजामा पुनर्वासका एक सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ ।

पुनर्वास नगरपालिका शिक्षा शाखा द्वारा संचालित कक्षा आठको नतिजा प्रकाशनमा पुनर्वास नगरपालिका वडा नं ३ रामबस्ती स्थित गोर्खा आधारभूत बिधालय निल भएको छ। गोरखा आधारभूत बिदधालयमा कक्षा ८ मा जम्मा ३ जना बिद्यार्थी अध्ययनरत् थिए।

बिगतमा आन्तरिक मुल्याकंनबाट बिद्यार्थीहरुको ग्रेड दिइने गरेपनि शैक्षिक क्षेत्रमा सुधार र शिक्षा क्षेत्रको अमुल परिवर्तनका लागि आधारभूत तहमा स्थानिय स्तरबाटनै यसको थालनी गर्नुपर्ने देखिएकाले यस पटक नगरले कडाइका साथ परिक्षा सञ्चालन गरेपछि पुनर्वास नगरपालिकाको कक्षा आठको नतिजा यस्तो आएको भनी पुनर्वास नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो।

नगरपालिका शिक्षा शाखा बाट लिईएको १९ संस्थागत र २१ सामुदायिक गरी जम्मा ४० बिद्यालय सहभागी भएका थिए जसमा एक सामुदायिक विद्यालयहको नतिजा निल आएको हो ।

पुनर्वास नगरपालिका भित्र सञ्चालित ४० विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सय ६९ बिधार्थीहरू मध्ये उक्त परीक्षामा १७ जना बिद्यार्थी अनुपस्थित भएका थिए। परिक्षा दिएका विद्यार्थी मधयेमा गणित विषयमा सबैभन्दा बढी र नैतिक शिक्षामा सबैभन्दा न्यून ननग्रेड भएका छन्। बिषयगत रूपमा पुनर्वास नगरपालिकामा गणित विषयमा ३ सय ४५ नेपाली बिषयमा २९७ अग्रेजी बिषयमा २२४ सामाजिक बिषयमा २३७ बिज्ञान बिषयमा २३७ र नैतिक शिक्षामा १६६ जना ननग्रेड अर्थात फेल भएका छन।

ताजा समाचार

सम्बन्धित समाचार