Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

परिवर्तनको पहल आफैबाटः आफ्ना छोरा छारीलाई बोर्डिङ स्कुल छुटाएर सरकारी भर्ना

प्रकाशित:

Advertisements

महेन्द्रनगर । बैजनाथ मावि महेन्द्रनगरका अध्यक्ष अच्युत राज कलौनी लगायत विद्यालयका शिक्षक कर्मचारीले आफ्ना छोरा छोरीलाई निजी स्कुल (बोर्डिङ) छुटाएर सरकारी भर्ना गरेका छन् ।

समाजमा परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने अध्यक्ष कलौनी बताउछन् । नयाँ शैक्षिकसत्र संगै बैजनाथ मावि महेन्द्रनगरले कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरेको छ ।

जान्ने मान्ने वर्गले निजी क्षेत्रका विद्यालयमा बालबालिकालाई पढाउनै पर्ने पर्यायलाई विस्तारै अन्त्य गर्नका लागि बैजनाथ मावि महेन्द्रनगरले पहिलो चरणमा विद्यालयका शिक्षक, कर्मचारी तथा समितिका पदाधिकारीले आफ्नो बाल बच्चालाई सरकारी भर्ना अभियानको थालनी गरेका हुन् ।

नयाँ शैक्षिकसत्रमा अंग्रेजी माध्यममा भर्ना खुले संगै महेन्द्रगरका थुप्रै गन्ने मान्ने वर्ग, समुदाय, परिवारले आफ्ना बालबच्चालाई निजी तथा संस्थागत क्षेत्रका विद्यालयबाट छुटाएर बैजनाथ माविमा भर्ना गरेका छन् ।

निजी स्रोतका (बोर्डिङ्ग) स्कुलहरुले भन्दा गुणस्तरिय शिक्षा न्यून शुल्कमा दिने आफ्नो प्रयास रहने अध्यक्ष कलौनी बताउछन् । बैजनाथ गुणस्तरिय शिक्षामा प्रतिबद्द रहेको अध्यक्ष कलौनीको तर्क छ । बैजनाथ माविलाई शैक्षिक हबको रुपमा विस्तार गर्ने अध्यक्ष कलौनीले संकल्प लिएका छन् ।

महेन्द्रनगरमा पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्ने नवराज भट्ट, आफ्ना दुई बच्चालाई निजी स्कुलबाट छुटाएर बैजनाथमा भर्ना गरेको बताछन् । ‘बैजनाथले पछिल्लो समय शैक्षिक गुणस्तर बढाउदै गएको हुँदा म प्रभावित भए ।’ पुस्तक व्यवस्यी भट्ट भन्छन््,‘गुणस्तर संगै यो वर्ष देखि बैजनाथले अंग्रेजी माध्यम पनि सुरु गरेको छ । सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न हामी सबैले बाल–बच्चाहरुलाई सरकारी विद्यालयमा नै भर्ना गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’

अंग्रेजी माध्यमका लागि कम्तीमा १० जना विद्यार्थी भर्ना भएपनि कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक हरिराज बिष्ट बताउछन् । ‘हामी गुणस्तरिय शिक्षामा विशेष जोड दिन्छौं । संख्याले खासै फरक पार्दैन ।’ प्रअ बिष्ट भन्छन्,‘विद्यार्थी भर्ना खोलेको २/४ दिन मात्रै भएको छ, अहिले नै लगभग प्रत्येक कक्षा सञ्चालनका लागि न्यूनतम मापदण्ड पुग्नलागेको छ । तसर्थ हामी क्वालिटि एजुकेशनमा फोकस गर्छौ ।’

गत चैत्र महिनाभर बैजनाथ माविले नयाँ शैक्षिकसत्रको पूर्व सन्ध्यामा घरदैलो अभियान चलायो । अभिवावक तथा विद्यार्थीहरु माँझ संस्तो तथा सुलभ शुल्कमा विद्यालयले कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा समेत पढनपाठन गर्न लागेको खबर फैलिएपछि गरिब तथा विपन्न वर्ग, समुदायका परिवार हर्षित देखिन्छन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार