महेन्द्रनगर ।
सरकारले गहुँको समर्थन मुल्य तोकेको छ ।बिहेबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थीक वर्ष २०७९÷८० का लागि गहुको समर्थन मुल्य निर्धारण गरेको हो ।

यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३ सय ५१ रुपैया समर्थन मुल्य तोकेको छ । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३।५१ रुपैयाँ हुनेछ ।समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।
