Friday, March 29, 2024

साउदीमा प्रथम दम्माम १ लाख ७७ हजार धनराशिको प्रथम भेट्रान गोल्डकप फुबल प्रतियोगिता हुने

प्रकाशित:

महेन्द्रनगर । खेलकुदमा सबै भन्दा लोकप्रिय खेल फुटबल सबैको मन जनमा बस्ने गर्दा साउदीको पुर्बि क्षेत्र खोबरमा प्रथम दम्माम भेट्रान गोल्डकप फुबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार राशी रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने क्लबका महासचिव पासाङ्ग शेर्पा ले बताउनु भयो । उनका अनुसार प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने छ ।

प्रतियोगिता २०८० बैशाख ८ र ९ गते अर्थात (२०२३ अप्रिल २१ र २२ तारिख) दिउँसो ३ बजे अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा उद्धघाटन हुने भएको छ ।

गोल्डकपमा टिम दर्ता शुल्क ७ सय साउदी रियल रहेको छ । प्रतियोगिता बिजेता च्याम्पियन टिमले ५ हजार १ सय ५१ साउदी रियल (नेपालि १ लाख ७७ हजार) र उप-बिजेता टिमले २ हजार ५ सय २५ साउदी रियाल (नेपाली ८९ हजार) ट्रफि, प्रमाण पत्र, मेडल हात पर्ने छन,भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ ।

ताजा समाचार

सम्बन्धित समाचार