Saturday, July 27, 2024

शिक्षक संघ भीमदत्त नगर कमिटिद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । नेपाल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिले आउदै गरेको नेपालीहरुको नयाँ वर्ष २०८० को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपनल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिले प्रदेश तथा जिल्लामा निर्वाचित भएका संघ पदाधिकारी तथा सदस्यहरुलाई स्वागत एवं नया वर्ष २०८० को लागि शुभकामना आदान प्रदान गरेको नेपाल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिका सचिव बिरेन्द्र सिंह बोहराले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल शिक्षक संघ सुदूर पश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष डबल बहादुर बिष्ट रहेका थिए । कार्यक्रमको सभापतिमा नेपाल शिक्षक संघ भीमदत्तका अध्यक्ष धर्मानन्द जोशी रहेका थिए ।

त्यस्तै बिशिष्ट अतिथीमा प्रदेश कार्य समिति अर्थ महासचिव डा.पदमा भण्डारी, कञ्चनपुर जिल्ला कार्यसमिति उपाध्यक्ष नबिन सिंह धामी, नेपाली कांग्रेस भिमदत्त नगर अध्यक्ष अच्युत राज कलौनी, नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सदस्य चन्द्रा भण्डारी, नेपाल ट्रेड युनियन कांग्रेस पुर्ब केन्द्रीय सदस्य उदय प्रकाश सावद, शिक्षक युनियनका पुर्व जिल्ला अध्यक्ष लाल मनि पाण्डेय, निङ्गलाशैनि माविका प्रअ भवानी पन्त, ललित सिंह साउद, प्रअ गोबिन्द पुजारा, प्रअ मदन बिष्ट तथा सम्पुर्ण भिमदत्त नगर कार्य समिति पदाधिकारी सदस्य लगायतका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार