Saturday, April 27, 2024

कञ्चनपुरमा गहुँ काट्न सुरु

प्रकाशित:

महेन्द्रनगर । अन्नको भण्डार पश्चिम तराई क्षेत्रको कञ्चनपुर जिल्लामा यतिखेर गहुँबाली काट्न सुरु भएको छ । चैत गर्मीको प्रवाह नगरी यहाँका किसानलाई अहिले आफ्नो खेतको गहुँ भित्र्याउने चटारो रहेको छ ।

यहाँका किसान दिउँसो चर्को घामले गर्दा बिहान र साँझ तिर हातमा हसियाँ समातेर गहुँ काट्न खेततिर लाग्छन् ।भीमदत्त नगरपालिका-२ आदर्श टोल बस्ने करन कठायत भन्छन्,‘अरू वर्षभन्दा यसपालि बाली राम्रो छ ।’

उनका अनुसार यो वर्षको हिउँदमा वर्षा भएकाले पनि गहुँमा दाना पनि भरिएका छन्,यसपालिको गहुँ मा राम्रै आम्दानी हुने छ । गत बिहिबार आएको वर्षाले किसानहरुलाई चिन्तित बनाएको थियो । चैत दोस्रो सातादेखि नै गहुँ काट्न सुरु भएको छ ।

कञ्चनपुर कृषि ज्ञान केन्द्रका अधिकृत आशिष पाठकका “अनुसार कुल नेपालमा उत्पादकत्व २१ लाख २७ हजार २ सय ७६ मेट्रिक टन पुगेको छ । जस मध्ये कञ्चनपुरमा ३१ हजार २ सय १० क्षेत्रमा ९९ हजार ९ सय ९५ गहुँ उत्पादन हुने गरेको छ ।

यहाँका किसानले कृषिमा कृषि यान्त्रीकरणको प्रयोग गर्न थालेपछि उत्पादकत्वमा वृद्धि हुन थालेको कृषि विभागका अधिकृत पाठकको भनाइ रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार