Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बेलडाँडी गाउँपालिकामा १५ सैया अस्पतालको शिलान्यास

प्रकाशित:

Advertisements

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा १५ सैया अस्पतालको शिलान्यास प्रदेश सभा सदस्य दिवान सिह बिष्टद्धारा गरिएको छ ।

बेलडाँडी गाउँपालिकासंग निर्माण कम्पनीले सम्झौता गरेको ४ महिना पछि आज (शुक्रबार) एक कार्यक्रम विच प्रदेश सभा सदस्य दिवान सिह बिष्टले १५ सैया अस्पतालको शिलान्यास गरेको हो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिह विष्ट रहेका थिए ।

विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उप-प्रमुख राम कुमारी राना, सभापतित्वमा गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र राना,उपाध्यक्ष शान्ति नाथ लगायत विभिन्न रानैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्विजिवि, पत्रकार लगातकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अथिति रहेका प्रदेश सभा सदस्य विष्टले बेल्डाँडी गाउँपालिकालाई ५ वर्षमा नमूना गाउँपालिका बनाउने लक्ष्य रहेको बताएका छन् ।

उनले भने, “जे बोल्छु त्यो गर्छु उक्त पालिकाको लागि संरचना बनाउने क्रममा अगाडि बढेको र आगामी दिनमा पनि यहाँको समस्याहरूलाई मध्यनजर गर्दै यहाँहरुको माग अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।’

उनले, “अस्पतालकाे निर्माण कार्यमा बजेटको अभाव हुन नदिने बताउँदै अस्पताल निर्माणकाे काममा निर्माण कम्पनिलाई ताेकिएकाे समय भित्र निर्माण काम सक्न अनुराेध गरेका छन् ।

उनले उक्त पालिकालाई विकास गर्नको लागि सबै एकजुट भएर काम गर्न अगाडि बढनु पर्ने समेत बताए ।’उनले, बेलडाँडीमा विकासका लागि विभिन्न याेजना प्रदेश स्तरबाट समेत पहल गर्ने प्रतिवद्धता जनाएका छन्।”

यस अस्पताल भवनका ठेकेदार बंगलामुखि निर्माण जेविका ईन्जिनियर सुमन कुवँरले सम्झौता गरेको ४ महिनासम्म बजेट प्राप्त नभए पनि निर्माणको काम संचालनमा ल्याएको बताएका छन ।

समयमै बजेट प्राप्त भए काम ताेकिएकै समयमा सम्पन्न गरिने बताएका छन् यस्तै बजेटकाे अभाव भए विचमा काम राेकिने समेत उनकाे भनाई रहेको छ ।

चालू आर्थिक वर्ष २०७९ मंसिर ६ गते बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रुपैयाँबराबर लागतमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो ।

बेलडाँँडीमा १५ शंय्याकाे अस्पताल निर्माणकाे काम अघि बढेपछि यहाका स्थानिय समेत हर्षित भएका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार