Saturday, July 27, 2024

कञ्चनपुरका ३ जना यी किसान जो उत्कुष्ट पुरस्कार सहित भए सम्मानीत

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कृषी विकाश निर्देशनालय दिपायलले कञ्चनपुरका ३ जना उत्कृष्ट कृषकहरुलाई पुरुस्कार सहित सम्मान गरेको छ ।निर्देशनालयले एक जना बरिष्ट जुझारु पत्रकार तथा कृषक ज्ञानेन्द्र महता सहित थप २ जनालाई जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कृषी विकाश निर्देशनालयले आईतबार होटल कलशको सभाहलमा आयोजना गरेको भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा स्थानियतह,कृषी,पशुपक्षी,तथा फलफुल ब्यावसायी भीमदत्त नगरपालिका वडा ४ का ज्ञानेन्द्र महता,फलफुल खेति,(ड्रगन फुट,त्यस्तै शुक्लाफाटा नगरपालिका वडा न ११ बंगुर पालन ब्यावसायी कलावती भट्ट र बेलौरी नगरपालीकाका ६ का वर्ष भरी हरुवा धान,प्रविधि धान खेती,उखु खेती,आलु खेती, गर्ने कृषी ब्यावसायी असारे राम बडायकलाई भीमदत्त उत्कृष्ट कृषकहरुलाई पुरुस्कार सहित सम्मान गरेको छ ।

पुरस्कृत तिन जनालाई नगद २५ हजार सहित दोसल्ला प्रमाणपत्र र फुलमाला सहित उत्कृष्ट कृषक पुरस्कारले पुरीकृत तथा सम्मान गरिएको छ।जिल्लामा उत्कृष्ट किसान छनोट गर्दा कृषी विकास निर्देशनालयले असोज २ गते सार्वजनिक सुचना जारी गर्दै सुदुरपश्चिममा रहेका ९ वटै जिल्लाका पालिकाबाट किसानहरु मार्फत आवेदन माग गरेको कृषी ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरीदत्त जोशीले बताए ।

नगरपालिका वा गाउपालिकाबाट कृषी ज्ञान केन्द्रमा १६ र भेटेरिनरी विज्ञ केन्द्रमा ९ गरि जम्मा २५ निवेदन दर्ता भएसंगै कृषी विकाश निर्देशनालयले माग ४ गते दर्ता भएका आवेदन फर्म हरुलाई स्थलगत अनुगमन गरि तथा व्यावस्थापन समितिले प्राविधिकटोलीको प्रतिवेदन अनुसार छनोट गरिएको जोशीले बताए ।कृषी पेशालाई सम्मानित र व्यावसायीक बनाउन,परम्परागत कृषीको रुपान्तरण गर्नेर आधुनिककरणगर्ने प्रोत्साहन,युवाहरुलाई कृषी पेशामा आर्कषण बढाउन, कृषहरुकोको हौसला बढाउन,कृषीलाई पारदर्शि,जबाफदेही,व्यवस्थी,र प्रभावकारी ढङ्गले संचालन गर्नेको लागि यो उत्कृष्ट कृषकहरुलाई पुरुस्कार सहित सम्मान गरेको कृषी निर्देशनालय दिपाउलका निमित्त निर्देशक यज्ञ राज जोशीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय कञ्चनपुरका प्रमख दर्गा प्रशाद बोहोराले सरकारले प्रदान गर्दै आईरहेको अनुदानमा भाग लिन पाउन सर्बसाधारण कृषकहरुलाई पनि समेट्नु पर्ने बताए ।हरेक बर्ष एउटै किसानलाइमात्र होईन फरक–फरक किसानहरुलाई पनि सम्मान गर्नु जरुरी देखिएको छ उनले भने’‘हामी नेपाली आफुलाई कृषी प्रधान देशका भनेर गौरब गरेपनि बर्षेनि छिमेकी देशबाट करोडौको अन्न भित्त्राउछौ’।‘अनि आफुलाई कसरी कृषक भन्ने’।‘जब सम्म हामीसंग भएको खेतको वैज्ञानीक रुपमा प्रयोग गर्ने सक्दैनौ तब सम्म कृषीमा हामी सफल हुन नसक्ने समन्वय प्रमुख बोहोराको भनाई रहेको छ ।

कृषी विकाश निर्देशनालयले उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेका कञ्चनपुरका ३ जना कृषकले यस प्रकारले ब्यावसायलाई आत्मसाथ गर्दै अगाडि बढिरहेका छन् ।

बरिष्ट पत्रकार तथा कृषक ज्ञानेन्द्र शिह महता । भीमदत्त ९र १८ ड्रईगन फुट (फलफुल खेती)जम्मा जग्गा ६ विगाह ४ हेक्टर,पोलमा लगाएका बिरुवा २८ हजार ८ सय (फल्ने)ठुलो गमलामा रहेका बिरुवा १० हजार,हाल नर्सरीमा रहेका बिरुवा २० हजार रहेका छन् ।

कृषक असारे राम बडायक बेलौरी नगरपालिका वडा न ६ छरुवा धान,प्रविधि धान खेती,२६ बिगाह,प्रविधि बाट गहु खेती १३ बिगाह,थारु आलु खेती ५ बिगाह,उँखु खेती ६ बिगाह,मिश्रित बाली तोरी उखु,२ बिगाह,उखु मसुरो १ बिगाह रहेको छ ।

महिला कृषक कलावती भट्ट शुक्लाफाटा नगरपालिका वडा न ११ बंगुर पालन आधुनिक खोर जम्मा बंगुर सख्या ४ सय ३२,माउ १सय २,भाले १५ वटा,पाठा १ सय ८ं०,पाठी १ सय ३५ रहेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार