
ऐश्वर्या कुवँर महेन्द्रनगर । नेपाल सार्बजनिक सेवा कर्मचारी संघ कञ्चनपुरको अध्यक्षमा राम प्रशाद जोशी चयन भएका छन् । नेपाल सार्बजनिक सेवा कर्मचारी संघ कञ्चनपुरका तेस्रो जिल्ला अधिवेशन बाट जोशी अध्यक्षमा चयन भएका हुन।
मंगलबार नेपाल सार्बजनिक सेवा कर्मचारी संघ कञ्चनपुरको तेस्रो जिल्ला अधिवेशनबाट राम प्रशाद जोशीको अध्यक्षतामा नव जिल्ला कार्यसमिति,प्रदेशीक प्रतिनिधि तथा ट्रेड युनियन काङग्रेस िनेपाल सार्बजनिक सेवा कर्मचारी संघ जिल्ला प्रतिनिधि चयन गरेको छ ।
त्यस्तै तेस्रो जिल्ला अधिवेशनबाट जिल्ला प्रतिनिधिमा अध्यक्ष राम प्रशाद जोशी,पशुपति कुमारी ठगुन्ना महिला उपाध्यक्ष,ईश्वर दत्त बडु पुरुष उपाध्यक्ष,केशब राज भट्ट सचिव,दिर्घ राज पाठक कोषाअध्यक्ष,लगाएत ६ जना सदस्य रहेका छन् ।प्रदेश प्रतिनिधिमा श्री राजेन्द्र बहादुर चन्द,दल बहादुर ऐडि,विष्णु राज पाठक,विर बहादुर नेगी लगाएतको टोली प्रदेश प्रतिनिधिमा सर्व सम्मत रुपमा चयन भएका हुन ।
नेपाल सार्बजनिक सेवा कर्मचारी संघ ट्रेड युनियन काङग्रेसको सुवेच्छुक संस्था भएकोले यो संस्थाले श्रमिकहरुको हक हित तथा दैनिक ज्यालादारीमा काम गर्ने विपन्न वर्गका मानिसहरुको न्यायीक अधिकारको लागि आवाज उठाउदै आईरहेको छ । विगतका दिनमा अनौपचारीक रुपमा ट्रेड युनियन काउनको प्रदेश अध्यक्ष र संगै केन्द्रीय उपाध्यक्ष रहि २५ वर्ष को कार्यकाल बिताएसंगै जोशी अब औपचारीक रुपमा नेपाल सार्बजनिक सेवा कर्मचारी संघ कञ्चनपुरको अध्यक्षमा चयन भएका छन् ।
