Saturday, July 27, 2024

चर्को ब्याजदर विरुद्ध उत्रियो निर्माण व्यवसायी संघः कञ्चनपुरमा आज सर्वदलिय, सर्वपक्षिय छलफल

प्रकाशित:

महेन्द्रनगर । निमार्ण व्यवसायी संघ कञ्चनपुरले चर्को ब्याजदरका बिरुद्धमा सर्वदलिय, सर्व पक्षिय भेला तथा छलफल सम्पन्न गरेको छ । शुक्रवार एक वृहत कार्यक्रम आमयोजना गर्दै निर्माण व्यसायी संघ कञ्चनपुरले सबै दलका नेतृत्व एवं पदाधिकारी र संघ संस्थाका प्रतिनिधिहरु संग बैक तथा वित्तिय संस्थाहरुले अशुल्ने गरेको चर्को ब्याजदर भेला तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रशाद भट्टले मुलुकमा बिद्यमान रहेको आर्थिक मन्दीका कारण व्यापार उद्योग, कलकारखानाहरुमा प्रत्यक्ष असर परिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजदर वृद्धि गर्नुको साथै अव्यवहारिक बित्तिय निती लागु गरेको अवस्थामा सम्पूर्ण निजी तथा अन्य व्यापारी व्यावसायीहरुलाई मारमा हालेको कार्य प्रती कसरी समाधान निकाल्न सकिन्छ तथा आगामी दिनमा के गर्न सकिन्छ भनेर सबैको उपस्थितीमा बैठक बसेको उनले बताए ।

अध्यक्ष भट्टले बैंक तथा वित्तिय संघ संस्थाको सबैभन्दा बढि मारमा निर्माण व्यवसायी भएकाले कञ्चनपुर सहित देशभरीका निर्माण व्यवसायी संकटमा परेको बताए । ‘राज्यको पुँजिगत बजेट खर्च गरेर भौतिक पूर्वाधार विकास निर्माण गर्ने हामी नै हैँ, ‘उनले भने, ‘यसमा कुनै दुई मत छैन, तर हामी माथि नै यत्रो अन्याय भएको छ ।’ उद्योगी व्यवसायीमाथि यत्रो संकट हुँदा समेत केही राजनीतिक दल कार्यक्रममा आमन्त्रण गर्दा समेत नआएको अध्यक्षको गुनासो छ ।

देशमा आर्थिक क्रान्तीले गर्दा विकराल अवस्थाको सिर्जना हुँदै गएको बताए । बैंक तथा वित्तीय संस्थाले आफनो मनोमानी ढंगले बढाएको व्याजदरले कतिपय व्यापारीहरुले आत्महत्याको बाटो रोजेको व्यापार व्यावसायबाट पलायन हुने अवस्थाको सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा सबैले एक हुनुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले शुरुमा व्याजदर भन्दै १ अंकमा हामीहरुले हस्ताक्षर गय्रौ, तर अहिले राष्ट बैंकको नितीलाई देखाएर सबै बैंकहरुले दोहोरो अंकमा व्याज तिर्नूपर्ने व्यवस्थाले व्यापार व्यावसाय नै धरासयी बनाउने यो खेलमा सबैको एक्यबद्धता हुनुपर्ने उनले बताए । यो समस्याको समाधानको लागी केही न केही निकास निकाल्नको लागी यो कार्यक्रम गरिएको उनले बताए ।

नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मिनबहादुर सिंहले यो समस्याको समाधानको लागि नेपाली कांग्रेसले सदैव साथ र सहयोग गर्ने बताए । साथै हामीले गर्ने आन्दोलन के कस्तो फायदा भई रहेको छ हामीले गरेको आन्दोलन, चक्काजामले अन्य व्यक्ती समुदायलाई समस्यामा त पारेको छैन उक्त कुरा बुझेर मात्र आन्दोलन गरिनु पर्ने बताए ।

No description available.

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमविक्रम थापाले राजनीतिक दलले उद्योगी व्यवसायीबाट चन्दा र बैंकले चर्को ब्याजदर अशुलेर उद्योगी मारमा परेको बताए ।

काठ व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र थापाले पनि सबैभार व्यवसायीमाथि परेकाले समाधानका लागि सरकार जिम्मेबार बन्नुपर्ने बताए । कञ्चनपुरका राजनीतिक दलहरुले पनि उद्योगी व्यवसायीमाथि परेको आर्थिक भार संकटबाट मुक्त हुनुपर्नेमा जोडसदिदै आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन ।

No description available.

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले संघियताका कारण आर्थिक भार थपिएकाले अहिले समस्या देखिएको बताए ।

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले चर्को ब्याजदर बिरुद्धमा व्यवसायीको आन्दोलन जाजय भएको र यसबाट व्यवसायी समेत आक्र्रान्त भएको बताए । नेकपा विप्लव भीमदत्त नगरका इन्चार्ज बिरेन्द्र राज जोशीले पार्टीले यस विषयमा यस अघि नै उठान गर्दै आएको बताउँदै आर्थिक संकट समाधानका लागि सही नीति आवश्यक रहेको बताए ।

हामी राजनितिक दलले सही तवले निति नियम बनाएर सबैको पहुँचमा पुग्ने र सहज रुपमा निती नियमहरु निर्माण गरिएको भए यो टाँट पल्टने अवस्था नहुने बताए ।

साथै यो जायज मागलाई राज्यले यथासिघ्र सम्वोदन गर्न र यो आन्दोलनमा आफनो पार्टीले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे, यस्तै होटल व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले यो देशैभर समस्याको रुपमा बाहिर आएको अवस्थामा सानो सानो रुप भन्दा पनि सबै निजी क्षेत्रले एक भएर बुलन्द रुपमा आवाज बाहिर आउनु पर्ने बताए ।

आफनो माग, समस्याहरु राजनैतिक दलका नेताहरुसँग राख्नु पर्ने र उहाँहरुले पनि यो विषयलाई सकारात्मक रुपले अगाढी बढाउनेमा आफु विश्वस्त रहेको बताए ।

यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले अहिलेको यो अवस्था निम्ताउनमा हामी पार्टी तथा राजनैतिक दल नै जिम्मेवार रहेको बताए ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार