Saturday, July 27, 2024

नेपाल व्यावसायिक बाख्रापालक महासंघ केन्द्रिय उपाध्यक्षमा चन्द

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द नेपाल व्यावसायिक बाख्रापालक महासंघ केन्द्रिय उपाध्यक्षमा चयन भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल व्यावसायिक बाख्रापालक महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन काभ्रेपलान्चोक जिल्लाको बनेपामा फागुन १२ र १३ गते सम्पन्न भएको अधिवेशन बाट कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम् चन्दाज गोट एण्ड एग्रिकल्चर फार्म प्रा.लि महेन्द्रनगर कञ्चनपुरका प्रो.गणेश बहादुर चन्द सर्वसम्मत केन्द्रीय उपाध्यक्ष पदमा चयन भएका हुन ।

सम्पन्न राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा गोबिन्द्र प्रसाद सुवेदी , वरिष्ठ उपाध्यक्षमा दिपक कुमार गौतम ,उपाध्यक्षमा गणेश बहादुर चन्द, प्रकाश मल्ल, निर्मल बस्नेत, गिरेन्द्र कुमार रेग्मी, जंगबहादुर खत्री, कृष्ण प्रसाद सडाडँ, महासचिवमा तारानाथ पोखरेल, सचिब अजय पाठक,प्रभाकर थापा, कोषाध्यक्ष करण गुरुङ चयन गरिएको छ् ।

महिला सदस्यहरु डान्देरा देवकोटा, शक्ति पन्त, राधा निरौला,सुनिता तामाङ, नर्वदा पौडेल,सदस्यहरु कुशल चन्द अधिकारी, प्रेम बहादुर पुन, सागर महर्जन, प्रदिप आचार्य, दिलिप कुमार चौरासिया, र कमल बहादुर शाही कार्यसमितिमा रहेका छन् ।

महाधिवेशनले आगामी दिनमा बाख्रापालक किसानका समस्याका समाधानका लागि गर्नुपर्ने कामहरुको विषयमा बनेपा घोषणापत्र समेत जारी गरिएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार