|
Tuesday, December 12, 2023

अनाथ बालिका यौन शोषणको आरो लागेका चन्दलाई जिल्ला सरकारी वकील कार्यालययले आज (शुक्रबार) जिल्ला अदालत कञ्चनपुर पेश गर्ने

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुरकोे समाज कल्याण अञ्चल बाल अनाथालयको आश्रयमा बस्दै आईरहेकी बालिकालाई यौन सोषण गरेको आरोपामा पक्राउ परेका अनाथालयका वाडेन संकर चन्दलाई जिल्ला सरकारी वकील कार्यालयय कञ्चनपुरले शुक्रबार जिल्ला अदालत कञ्चनपुर पेश गर्ने बताएको छ। ।

गत माघँ १८ गते बाल अनाथालयकी सुस्त मनस्थीति भएकी बालिकालाई यौन शोषण र गर्भपतन गरेको आरोप लागेर पक्राउ परेका चन्दलाई जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले–कञ्चनपुर जिल्ला अदालत पेश गर्ने भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिका यौन शोषणको मुद्धामा अनुसन्धान तथा राय प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालय पेश गरीसकेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख (एसपी) कमल थापाले आभाषकुञ्जलाई बताए ।प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनलाई अध्यन गरि अध्यनको आधारमा अभियोग पत्र तयार गरि शुक्रबार कञ्चनपुर जिल्ला अदालत पेश गर्ने जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता तारा शिहं धामीले बताए ।

बालिका सुस्त मनस्थीतिकि भएकाले ती बालिकाको मानसीक अवस्था परिक्षण गर्ने बालिकालाई काठमान्डौँ लगिएको र उक्त बालिकाको मानसीक स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाकि रहेको ले आरोपीत संकर चन्दलाई शुक्रबार ढिलो हुने देखिए आईबार अभियोग पत्र सहित कञ्चनपुर जिल्ला अदालत पेश गर्ने न्यायाधिवक्ता धामीले बताए ।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४–६ बमोजिम जबरजस्ती करणी तथा यौन शोषण को मुद्धामा प्रहरीले अनुसन्धानको लागी मुद्धा हेर्ने अधिकारीको अनुमति ली २५ दिन सम्म हिरासतमा राख्ने ब्यावस्था रहेको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार