|
Tuesday, December 12, 2023

सुदूरपश्‍चिम प्रदेश सरकारमा देउवालाई पठाउने तयारी

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ ।

शुक्रबार मन्त्री बारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।


 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार