
महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच सिंहदरबारमा भेट भेटवार्ता भएको छ ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
