Friday, March 29, 2024

अनाथालयकी बालिका बलात्कारको आरोप लागेका चन्दको यस्ता कर्तुत समेत

प्रकाशित:

ऐश्वर्या कुवँर ।

महेन्द्रनगर । बालिका यौन दुर्ववहार गरेका अनाथालयका प्रमुख शंकर बहादुर चन्दको एक पछि अर्का कर्तुत बाहिरिन थालेका छ्न ।

२०४९ साल देखी कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४ मा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुखको जिम्मेवारी पाएका चन्दले अनाथ बालबालिकाका लागि सहयोग स्वरुप आएको पैसा, दाल, चामल, लत्ता कपडा, कम्मल फलफुल, तरकारी, लगाएतका सरसमान व्यक्तिगत प्रयोजनका लागि आफ्नो घर लिने गरेको तथ्य खुलेको छ ।

विगत २३ बर्ष देखि अनाथालयमा लुगा धुने, खाना पकाउने काम गर्दै आईरहेकि (धाई आमाले आभाषकुञ्जलाई बताएकी छिन् । ‘अनाथालयका बालबालिकाका लागि सहयोग स्वरुप आएको खाद्यान्र लत्ता कपडा लगायतका सर-समान उहाले आफ्नो घर लैजाने गर्नुहुन्थ्यो ।’ धाई आमाले भनिन्, ‘शंकर सरले गत बर्ष पनि अनाथालयकि बालिकाहरुलाई विभिन्न बाहाना बनाई कार्यालयमा बोलाई सबै बालिकामाथी अश्लिल हर्कत गर्ने गर्थे ।’

उनले अगाडी भनिन, ‘मैले मेरै आखाले देखे अनि सहन सकिन र उनलाई भने, तपाई यस्तो हर्कत किन गर्नु हुन्छ ? यस्तो भन्दा उनी मसंग रिसानुभयो । उनको र मेरो दुई बर्ष भयो बोलीचाली नै भएको छैन ।’

कञ्चनपुर प्रहरीले बालिकालाई यौन दुर्ववहार गरेको आरोपमा मंगलबार अनाथालयका प्रमुखलाई पक्राउ गरेको छ । जिल्लाको भिमदत्त नगरपालिकामा पर्ने समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाइ बालिका दुव्र्यहार गरेको आरोपमा पक्राउ गरेको हो ।

चन्दले अनाथालयको आश्रममा विगत लामो समयदेखि बस्दै आईरहेकि बालिका माथि यौन दुर्ववहार गरेर गर्भवती बनाई औषधी खुवाई गर्भपतन गराएको समेत आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी प्रमुख श्याम शिह चौधरीले बालिका दुर्ववहारको आरोप लागेका चन्दलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालिएको आभाषकुञ्जलाई बताए

ताजा समाचार

सम्बन्धित समाचार