Friday, March 29, 2024

भीमदत्त नगरपालिकाको सभाहलमा आज छाडा चौपायाको समस्या र दिगो समाधानको उपाय बारे कुचोकुटोको सुझाव

प्रकाशित:

महेन्द्रनगर । कुचोकुटो पहलले छाडा चौपाया समस्या र दिगो समाधानको उपाय बारे जनप्रतिनिधि र सरोकारवालाई सुझाव दिएको छ ।

भीमदत्त नगरपालिकाको सभाहलमा आज एक कार्यक्रम गर्दै जनप्रतिनिधिहरुलाई छाडा चौपायाको दिगो व्यवस्थापनबारे सुझाव दिएको हो ।

कुचोकुटोका संस्थापक खेम भण्डारीले छाडा चौपायाको समस्या र दिगो व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

छाडा चौपाया सामाजिक समस्या भएको भण्डारीले बताए । ‘छाडाचौपाया गम्भिर समस्या हो, विगतमा करडौं रुपैयाँ खर्च भयो तर पनि अहिले सम्म समस्या सामाधान भएनन् उनले भने ।’

छाडा चौपायालाई बोझका रुपमा नलिएर उत्पादनको रुपमा लिनुपर्ने संस्थापक भण्डारीको भनाई रहेको छ ।

चौपायाको उपयोगिता शून्य हुनु र भारतमा चौपायाको निर्यात बन्द भएपछि समस्याको रुपमा देखा परेको उनले बताएका छन् । ‘सडक चौपायालाई बोझँका रुपमा होइन्, उत्पादनका रुपमा लिनुपर्छ,’ उनले भने ।

छाडा चौपायाको कारणले किसानलाई हैरान बनाएको छ । ‘किसानहरु रातभर जाग्राम बस्न बाध्य छन्,’ उनले भने, ‘खेत बाँझो हुने क्रम बढी रहेको छ, चौपायाहरुले बाली खाइदिने भएकाले खेती गर्नै छोडेका छन् ।’

कार्यक्रममा भीमदत्त, बेदकोट र दोधाराचाँदनीका जनप्रतिनिधि सहभागी थिए । उनीहरुले कुचोकुटो पहल दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

छाडा चौपायाको नश्ल सुधार, दुधालु गाईलाई किसानलाई बिक्रि गर्ने, मृत चौपायको छाला र हाडको प्रशोधन गरी प्रयोगमा ल्याउने, पालिका र सामुदायिक वनको सहकार्यमा औद्योगिक मोटालिटीमा लग्ने, पालिका र वनहरु मुख्य साझेदार रहने गरि नाफा रहित कम्पनी खोल्ने लगायतका विषय उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार