Saturday, April 20, 2024

कञ्चनपुरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-४ मा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले बालिकासंगै यौनजन्य आरोपमा कार्यालय प्रमुख चन्दलाई पक्राउ गरिएको बताए ।

‘हामीले अहिले नाबालिकालाई यौनजन्य दुव्र्यवहारको आरोपमा चन्दलाई नियन्त्रणमा लिएका छौँ, ‘उनले भने, ‘घटनाको छानबिनमै छौँ, दोषि भेटिएर कार्बाही गछौँ ।’ प्रहरीले बालिकासंग समेत सोधपुछ गरिएको छ ।

अनाथालयमै एक बालिकाले गर्भ तुहाएपछि घटना बाहिरिएको छ । गर्भ पहिचान गर्ने किड सहितको रगतको डल्लो भेटिएपछि अनाथालय बाट घटना बाहिरिए पछि प्रहरीले छानबिन गरेको हो ।

उक्त घटना कसले घटाएको र को दोषि बारे अहिलेसम्म वास्तविक एकिन भएको छैन । तर, प्रहरीले कार्यालय प्रमुखलाई पक्राउ गरेको छ ।

समाजकल्याण बाल अञ्चल अनाथालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर चन्दले घटनाको विषयमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

अनाथालयको घटना बाहिरिएपछि महेन्द्रनगर युथभ्वाईस, महिला अधिकारकर्मीले घटनाको सत्य तथ्य छानबिन गरेर दोष उपर कारवाहीको माग अघि सारेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार