
महेन्द्रनगर । पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र दुईजना घाइते भएका छन् ।
पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका हुन ।
घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
उनका अनुसार अटोमा सवार रामेछापको सिन्धुलि नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन् ।
दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
