Saturday, July 27, 2024

खर कटाईमा गएकी एक जना महिला हात्तीको आक्रमणबाट घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर कटाईमा गएकी एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आरक्ष विस्थापित शिविरको ढक्का स्थित बेलडाँडी टोल बस्ने ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् ।

बुधबार दिउँसो खर काट्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको घाइतेका श्रीमान् गिरी सार्कीले बताएका छन् ।

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

एक्स–रे रिपोर्टमा घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएकोले थप उपचारका लागि धनगढी रेफर गरिएको ईशान मेमोरियल अस्पतालले जनाए ।

घाइतेको परिवार आरक्ष पीडित समेत रहेकोले उपचार खर्चका लागि याचना समेत गरिरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार