Friday, March 29, 2024

लागुऔषध नेपाल भित्र्याइरहेका चार जना युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध नेपाल भित्र्याइरहेका चारजना युवक नेपाल प्रहरीको फन्दामा परेका छन ।

भीमदत्त नगरपालिका–१७ मझगाउँबाट तीन र पुनर्वासबाट एक जना सहित चार जनालाई लागू औषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले जिल्लाका विभिन्न स्थानबाट लागु औषध सहित मानिस पक्राउ गरिएको बताए ।

उनका अनुसार मझगाउँबाट भीमदत्त नगरपालिका–१८ का २१ वर्षीय आषिश छिनाल, २२ वर्षीय जीवन कार्की र अविशेक गुरुङ लागू औषध सहित प्रहरीको फन्दामा परेका छन ।

गरुङले चलाइरहेको यूके ०६ वाइ ४०३२ नम्बरको भारतीय मोटरसाइकलमा उनीहरु महेन्द्रनगरतर्फ आइरहेका थिए । शंका लागेर प्रहरीले उनीहरुमाथी खानतलासी गर्दा लागू औषध बरामद गरिएको थियो ।

मोटरसाइकलमा सवार छिनाल र कार्कीको साथबाट डाईजेफम–१९ सिसि, रेस्कोजेसिक– ९६ सिसि, फेनारगन–९६ पिस गरेर जम्मा २११ पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुले उक्त लागूऔषध भारतबाट ल्याएको हुनसक्ने प्रहरीको आशंका छ ।

यस्तै, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट ६२ ग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित भारत लखिमपुर खिरी तहशिल पलियाका १९ वर्षीय सानु अन्सारी पनि पक्राउ परेका छन । उनि धनगढी उपमहानगरपालिका–१ मा डेरा गरेर बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनलाई जाँच गर्दा साथबाट लागूऔषध बरामद गरिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले लागु औषध नियन्त्रणमा कञ्चनपुर प्रहरीले गरिएको प्रयास निरन्तरतामा जोडदिईरहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार