Saturday, July 27, 2024

लागुऔषध सहित कञ्चनपुरमा दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा दुईजना लागुऔषध सहित पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोली र कैलाली जिल्ला प्रहरी बाट खटिएको प्रहरी टोलीले सयुक्तरुपमा बझाङको केदारस्यु गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. ३ तिलकपुर बस्ने करन धामी र शुक्लाफाँटा नगरपालिका वडा नं. १२ देखतभुलीका महेश प्रसाद भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरले जनाकारी दिए ।

गोप्य सूचनाको आधारमा शंका लागि चेकजाँच गर्दा धामीको साथबाट १५ किलो ५२० ग्राम लागुऔषध चरेश बरामद गरिएको र धामीलाई सोधपुछ गर्दा भट्टलाई समेत बिक्री बितरण गरेको भन्ने बुझिन आएकोले भट्टलाई ७६ गाम्र लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भरत गिरीले बताए ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक गिरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार