Thursday, April 25, 2024

अख्तियारद्वारा पुनर्वासमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित:

पुनर्वास । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पुनर्वास नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ । बिहिवार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा भ्रष्टाचार जन्य कसुर र सजाय, भ्रष्टाचार नियन्त्रण गर्ने कानुनी र संरचनागत व्यवस्था , भ्रष्टाचार सम्बन्धमा विश्वमा नेपालको अवस्था , आर्थिक वर्ष २०७८/०७९ मा आयोगमा पर्ने उजुरीको विवरण , भ्रष्टाचार जन्य प्रबृत्तिहरुको बिश्लेषण, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि गर्नुपर्ने काम, आयोगमा दर्ता हुने उजुरीको अनुसन्धान कार्यमा परेका समस्यहरु तथा आयोगको अपेक्षा सम्बन्धि जानकारी गराईएको थियो ।

No description available.

कार्यक्रमको औचित्य बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका उपसचिव भुमिनन्द खनालले प्रस्तुत गर्नु भएको थियो । बिगत छ वर्षको भ्रष्टाचार अनुभुति सुचाङ्क अनुसार नेपाल एशियाकै पाँचौ नम्बरमा पर्छ । यस वर्षको मंसिर मसान्त सम्मको तथ्यांकअनुसार कञ्चनपुरमा ७४ ओटा उजुरी परेका छन भने जम्मा २६ ओटा उजुरीको फर्छ्यौट भएको छ ।

सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी भ्रष्टाचारको उजुरी कैलाली जिल्लामा १ सय ५४ ओटा उजुरी परेका छन भने सबभन्दा कम दार्चुलामा परेका छन । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म २३ ओटा उजुरी परेकाछन ।

कार्यक्रमका सहभागीहरुले पुनर्वास नगरपालिकामा सरकारी सम्पत्तिको दुरूपयोग बढी भएकाले यसको नियमन गरी नियन्त्रण गर्नु पर्ने बताएका छन । कार्यक्रममा बोल्दै नगर उपप्रमुख भुलिया कुमारी रानाले भ्रष्टाचार नियन्त्रण गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । भ्रष्टाचार हुनसक्ने योजनाको नियमित अनुगमन गरिरहेको बताउदै त्यस्ता कार्य गर्ने जो कोहि लाई पनि छुट नहुने बताउनु भयो ।

No description available.

कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा, पचकडिया सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक नरेश राज मल्ल, पुनर्वासमा रहेका सबै बिओपीका ईन्चार्ज, शिक्षक, बुद्धिजीवी लगाएको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरम्वाङ्गको सभापतित्वमा भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार