Saturday, July 27, 2024

बैतडीमा अचेत अवस्थामा भेटिएका एकजना पुरुषको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बैतडीको झुलाघाटमा अचेत अवस्थामा भेटिएका एकजना पुरुषको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीका अनुसार बिहिवार दिउसो १ बजेको समयमा झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथ चन्द नगरपालिका-४ जर्कका अन्दाजी ३३ वर्षिय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा करिब २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा रहेको र आज घर फर्किने क्रममा यो घटना घटेको प्रहरीले जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार