महेन्द्रनगरका एक डाक्टरले साढे ११ लाख रुपैँया फिर्ता नगरेको आरोप

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरका एक डाक्टरले आफ्नो पैसा फिर्ता नगरेको भन्दै भीमदत्त–७ हल्दुखालका दुर्गा प्रसाद मानन्धरले पत्रकार सम्मेलन गरेका छन् । महेन्द्रनगरका डाक्टर चन्दन सिंह बिष्टले ट्राभल्स एजेन्सीमा आफुलाई लगानी लगाउन आग्रह गर्दै पैसा लिएको र पछि आफु उक्त कम्पनीमा सामेल नहुँने पटक पटक जानकारी गराउदा पनि लगानी लगाएको पैसा फिर्ता नगरेको मानन्धरले पत्रकार सम्मेलन मार्फत बताए ।

डाक्टर बिष्टले महेन्द्रनगरमा वेष्ट लेक टुर एण्ड ट्राभल्स प्रालि सञ्चालनमा ल्याउनका लागि मानन्धरलाई साढे ११ लाख रुपैया लिएका थिए । कम्पनीमा सामेल भएको दुई महिनामै मानन्धरलाई डाक्टर बिष्ट लगायतको समुहले गाडीको फाईनान्सका सन्दर्भमा ढाट्न थालेपछि उनले त्यस कम्पनीबाट अलग हुँने निधो गरे र अलग पनि भए ।

तर उनले आफ्नो पैसा फिर्ताका लागि पटक पटक ताकेता गर्दा पनि सामेल हुँनका लागि विवाद चर्किएको छ । शेयर सदस्य दुर्गा प्रशाद मानन्धरले आफुमाथि घात भएको भन्दै प्रालिका अध्यक्ष डा. चन्दनसिह विष्ट बिरुद्धमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन ।

वेष्टलेक टुर्स ट्राभल्स प्रालिका शेयर सदस्य मानन्धरले आफुलाई झुक्याएर शेयर सदस्य बनाएको तर, आफ्नो गाडीको फाईनान्स नगरिदिएको भन्दै अध्यक्ष विष्टप्रति रुष्ट देखिएका छन ।

‘मलाई शुरुवाती चरणमा विष्टले फकाएर शेयर हाल्न लगायो, ‘उनले भने, ‘पछि मेरो गाडी दुर्घटनामा प¥यो, फाईनान्स समेत गरिदिएन, अहिले स्वरुमले गाडी तानिदिएको छ ।’ कैलालीको विशेष अटो सोरुमबाट खरिद गरिएका तीन जिपकार मध्ये मेरो गाडी स्वरुमले तान्दा समेत सहयोग नपाएको गुनासो पोखे ।

मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले आफुले कम्पनीमा साढे ११ लाख रुपैया लगानी गरेको बताउँदै उनले पैशा फिर्ताका लागि पटक पटक अध्यक्ष विष्टसंग माग गर्दा नदिएको बताए । ‘मैले मेरो शेयर रकम फिर्ताका लागि अध्यक्ष विष्टलाई पटक पटक ताकेदा गर्दा दिएन, ‘उनले भने, ‘म माथि अन्याय भयो, आज आज भोली भन्दा भन्दै मलाई सतायो ।’ मानन्धनरले कम्पनी खोलेसंगै आफुलाई कुनैपनि हिसाब किताब नदिएको समेत बताए । आफ्नो शेयर फिर्ता नगरे अन्य निकायमा जाने उनको भनाई छ ।

आफ्नो पैसा फिर्ता गर्नका लागि पटक पटक अग्रह गर्दा पनि डा. बिष्टले नटेर्ने गरेको मानन्धरको गुनासो छ । पहिले आफुलाई फलाई फुकाई पैसा हाल्न लगाएको र पछि आफुले कम्पनी छोड्दा उल्टै धम्की दिने गरेको उनको भनाई छ ।

‘कम्पनी खोल्ने बेलामा मलाई फलाई फुकाई पैसा हाल्न लगायो, जब मैले यिनीहरुको म प्रतिको बदमासी थाँहा पाए, तब मैले आफ्नो पैसा फिर्ता माग्दा मलाई उल्टै थर्काउने धम्काउने गर्न लागे ।’ पिडित मानन्धरले पत्रकार सम्मेलनमा भने ।

यस बारेमा वेष्ट लेक टुर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष डा.विष्टसंग सम्पर्क गर्दा उनको फोन उठेन । यद्यपी उक्त कम्पनीका शेयर धनी मानन्धरले आफुले दिएको पैसा फिर्ता गर्नु पर्ने बताउदै आएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार