Friday, April 19, 2024

जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा महेन्द्रनगरमा दीप प्रज्वलन

प्रकाशित:

महेन्द्रनगर । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी दिवङगत भएका मृतकको चिरशान्तिको कामना गर्दै महेन्द्रनगरको मदन चोकमा दीप प्रज्वलन भएको छ ।

सोमबार प्रेस सेन्टर नेपाल, नेपाल पत्रकार महासङ्घ कचनपुर शाखा र हेल्प ग्रुपले महेन्द्रनगर मदनचोकमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा पत्रकार महासघंका सुदूरपश्चिम प्रदेश महासचिव राम सिहं ठगुन्ना, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी र प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टलगायत कञ्चनपुरका पत्रकारहरु र हेल्प ग्रुपका विद्यार्थी भाईबहिनीहरुको उपस्थितीमा दिप प्रज्वलन कार्यक्रम भएको थियो ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जहाजमा ७२ जना सवार थिए ।

उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार