Friday, April 26, 2024

जग्गा नापजाँचको काम कुनैपनी बहानामा रोक्नुहुँदैन ,रोकिन्न-नगरप्रमुख हेमराज ओझा

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा जारी भुमी इकाई अन्तर्गत अव्यवस्थित बसोबास,भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुको जग्गा नापजाँचको काम कुनैपनि हालतमा नरोकिने बताए ।

आइतबार कृष्णपुर नगरपालिकाका विभिन्न वडामा जग्गा नापजाँच गरिरहेका फिल्डका सर्वेक्षक,अमिन र इकाइ प्रमुखहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर हालसम्मको जग्गा नापजाँचको प्रगति विवरणको जानकारी लिदै सो कुरा बताएका हुन ।

नगरप्रमुख ओझाले नगरबासीले वर्षौंदेखि जग्गा भोगचलन गरेको तर पुर्जा प्राप्त गर्न नसक्दा अत्यन्तै मारमा परिरहेकाले आफुले जग्गा नापजाँचको काम सकाएर लालपुर्जा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेको बताए ।

उनले पटक पटक भुमिसम्बन्धी आयोग बन्ने तर वास्तविक भुमिहिनले पुर्जा नपाउने क्रम दोहोरिएकोले आयोगसम्बन्धि नागरिकको विश्वास घट्दै गैरहेको बताए । त्यसैले अब कुनैपनी बहानामा जग्गा नापजाँचको काम रोक्न नहुने नगरप्रमुख ओझा बताउँछन ।Open photo

आइतबार नगरप्रमुख ओझाले आफ्नो कार्यकक्षमा कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच गरिरहेको टोलीका सदस्यहरुलाई बोलाएर हालसम्मको प्रगति विवरण के कस्तो रहेको छ र जग्गा नापजाँचका क्रममा आइपरेका कठिनाइ लगायतका विषयमा जानकारी लिएका छन् ।

त्यस्तै फिल्डका सर्वेक्षक,अमिन र इकाइ प्रमुखहरुलाई कसैको प्रलोभनमा नपरी निर्धक्कका साथ जग्गा नापजाँचको कामलाई तिब्रता दिन समेत नगरप्रमुख ओझाले निर्देशन दिएका हुन ।

हालसम्म कृष्णपुर नगरपालिका अन्तर्गत वडा न १ मा ३३४५ कित्ता,वडा न २ मा ४४०० कित्ता ,वडा न ४ मा २८०० कित्ता र वडा न ९ मा २५०० कित्ता जग्गा नापजाँचको काम सम्पन्न भएको व्यहोरा जानकारी गराउँदछौं ।

साथै वडा न ३ मा पनि अव्यवस्थित बसोबास,भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुको जग्गा नापजाँचको काम छिट्टै शुरु गरिने नगरप्रमुख ओझाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार