Thursday, March 28, 2024

पोखरामा भएको बिमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको दुःखद निधन

प्रकाशित:

महेन्द्रनगर । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगर निवासी आमाछोराको निधन भएको छ ।

यती एयसलाईन्सको ९ एनएएनसी जहाज दुर्घटनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर भट्ट परिवारका आमाछोराको निधन भएको हो ।

महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० बर्षिया सुष्मा पाण्डे(भट्ट) र कान्छा छोरा १६ बर्षिया स्लक भट्टको निधन भएको छ ।

४ चालक दलका सदस्य सहित ६८ यात्रु बोकेर काठमाण्डौँदेखि बिहान १०ः ३२ मा पोखराका लागि उडेको हवाईजहाज १०ः५० मा दुर्घटना भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार