२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

निजामती कर्मचारी संगठनद्वारा अन्तरक्रियाः तहगत रुपमा तलबमान अनुपात समान हुनुपर्ने माग

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदुर पश्चिम प्रदेश कमिटिले धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च स्तरीय तलब सुबिधा आयोग २०७९ समक्ष पेश गरिने सुझाव संकलनका लागि आयोजित अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तह तथा क्षेणीगत रुपमा तलबमान अनुपात समान गरिनु पर्ने लगायतका बिशेष मुद्धाहरुमा उपस्थित कर्मचारीहरुले जोड दिएका छन् ।

संघ र प्रदेशको एउटै गतहगत र क्षेणीगत मिलान गर्नुपर्ने लगायतका थुप्रै बिषयहरुमा अन्तरक्रिया तथा छलफल भएको निजामती कर्मचारी संगठन सुदुर पश्चिमका महासचिव महादेव जोशीले बताए ।

No description available.

उक्त सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष कृष्ण बहादुर शाहीको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेल, विशिष्ठ अतिथी जीवन राम काफ्ले, बामदेव वली रहनुभएको थियो ।

त्यस्तै अतिथीहरुमा आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदी, सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछाने, आन्तरिक मामिला मन्त्रालयका सचिव, कमल राज ढकाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत संगठनका केन्द्रीय सदस्य एवं सुदूर पश्चिमका नौ वटै जिल्लाका अध्यक्ष सहित ४२ जनाको सहभागिहरुको उपस्थिती रहेको थियो ।

Advertisements

No description available.

No description available.

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार