Thursday, March 28, 2024

महत्त्वपुर्ण निर्णय पारित गर्दे भीमदत्त नगरपालिकाले १२औँ अधिवेशन सभा सम्पन्न गर्याे

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको नगर सभाको १२ औँ अधिवेशन सम्पन्न भएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा शनिवार अधिवेशन सम्पन्न भएको हो ।

नगर प्रवक्ता महेन्द्र खड्काले सभामा स्थानिय सेवा ऐन २०७८(पहिलो संशोधन विधेयक २०७९) पास भएको र विषयगत समितिका प्रतिवेदन,चालु आर्थिक वर्ष २०७९/०८० का लागि भीमदत्त नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा केही हेरफेर,रकमान्तर एवम् शिर्षक परिवर्तन भएको बताए ।

सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतीमा न्यायिक समिति सदस्य एवम् नगर सभा सदस्य नर बहादुर साउँदले प्रस्तुत गरेका थिए ।

आर्थिक विकास समिति,लेखा समिति,विधेयक समिति,सार्वजनिक सेवा तथा क्षमता विकास समिति,सामाजिक विकास समिति,वन वातावरण तथा विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास समितिको प्रतिवेदन समिति संयोजक क्रमशः गगन सिंह धामी,हरिहर दमाई, भुपेन्द्र सिंह रावल, महेन्द्र खड्का, सुशिल कुमार भट्ट, प्रकाश थापा र पदमराज अवस्थीले प्रस्तुत गरेका थिए ।

यस्तै सभाले भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकका निर्णयहरु अनुमोदन गरेको नगर प्रवक्ता खड्काले बताए ।

उहाँका अनुसार शनिवार सम्पन्न नगर सभाले गौँमाता तथा नंदि (सामुदायिक छाडा चौपाया) व्यवस्थापन गर्न (सार्वजनिक,एलानी पर्ति तथा सामुदायिक बनमा जग्गा खोजी गर्ने र आवश्यक बजेट व्यवस्थापन गर्ने,महाकाली नदीको नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापन गर्न भीमदत्त नगरपालिका तथा दोधारा चाँदनी नगरपालिकाले संयुक्त रुपमा इ.आई.ए.गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा खरिद गर्न आवश्यक बजेटका लागि नेपाल सरकारसंग अनुरोध गर्ने,नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमित भएको यकिन गरि सार्वजनिक, सरकारी जग्गा खाली गराई संरक्षण गर्न नगरपालिका कार्यालयलाई निर्देशन दिने निर्णय पारित गरेकाे छ ।

यस्तै नगर गौरवका योजना कार्यान्वयन गर्न नेपाल सरकार,प्रदेश सरकार एवम् दातृ निकायलाई अनुरोध गर्ने लगाएतका विविध विषयमा छलफल एवम् निर्णय सहित नगर सभा अधिवेशन सम्पन्न भएको नगर प्रवक्ता खड्काले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार