Saturday, July 27, 2024

बेलौरी नगरपालिका वडा न. २ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा न. २ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडा कार्यालयको हलमा जागृती फाउन्डेसन तथा नोभा हस्पिटल प्रा. लि. धनगढीको समन्वयमा बेलौरी नगरपालिका वडा न. २ कार्यालयको आयोजनामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

कैलालीमा रहेको नोभा हस्पिटल प्रा.लि कार्यरत बालरोग विशेषज्ञ ,जनरल फिजिसियन गरि ३ जना विशेषज्ञ डाक्टर द्वारा नि-शुल्क स्वस्थ्य परिक्षण तथा नि-शुल्क औषधी बितरण गरेको हुन ।

उक्त स्वास्थ्य शिबिर मा २६१ जनाले स्वास्थ्य परिक्षण गरेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य बिक्रम चौधरीले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार