Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

रोजगारीका लागि भारत गएका एकै परिवारका तीन जनाको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । रोजगारीका लागि भारत गएका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको छ ।

डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको हो ।

कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको छ ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा रहेको आफन्तले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार