ढाका टोपी दिवसका दिन अनाथ बालबालिकाहरूलाई अखिल क्रान्तिकारी द्वारा शैक्षिक सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको अखिल क्रान्तिकारी संगठनले अनाथ बालबालिका बिध्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

आज परेको नेपालीहरूको ढाका टोपी दिवसका दिन अखिल क्रान्तिकारीले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

जसको अध्याक्षता मा जिल्ला संगठनका संयाेजक अनिल घरेडि, प्रमुख अथिति केन्द्रीय सचिव प्रकाश जप्रेल र जिल्ला संगठनका नेताहरूको उपस्थितिले सामाग्रि बितरण भब्य रुपले सम्पन्न भएको छ ।

२३ जना अनाथ बालबालिकाहरूलाई लेखाई पढाईका लागि कापि, कलम, जस्ता शैक्षिक सामाग्रिहरू बितरण गरेको संगठनका केन्द्रीय सचिव जप्रेलले बताए ।

उनले भने “हामीले सहयोग गरे जसरी अरु संगठनले पनि अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने छन् भन्ने अपेक्षा राखेका छौं ।”

“अनाथ बालबालिका एक्लै हुनुहुन्न, हामी तपाईंको साथमा छाै, तपाईंहरूको अभिभावक भएर आफ्नो भुमिका निर्वाह गर्ने काेशिस गर्ने छौं ।”

बिगतका वर्षाहरूमा झै याे बर्षमा पनि सहयोग गरेकाे र आगामी दिनहरूमा पनि अनाथ बालबालिकाहरूलाई यसरी नै आफ्नो साथ र सहयोग रहने जप्रेलले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार