महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरिगंगा नगरपालिका–६ वनवेहडामा शनिबार दिउँसो हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो ।
अत्तरियास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालका अनुसार दुर्घटनामा लम्की–चुहा नगरपालिका–१ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको छ ।
दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।