Friday, April 19, 2024

ट्याकटर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ शान्तिकाेट गाेठालाचाैकामा ट्याकटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

साेमबार झोलुङ्गे पुलका सामान लिएर गएको ट्याक्टर साझ करिव ७ बजे तिर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक छबिसपाथिभेरा ५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् ,भने साेही ट्याक्टरमा रहेका धर्म धामी भने सकुशल छन् ।

ट्याक्टर झोलुङ्गे पुलको सामान लिएर गएको थियो । से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडक भएकाले पछाडी तिर सरेर दुर्घटना भएको र थप विवरण भने आउन बाकी रहेको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार