Saturday, July 27, 2024

‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भः कञ्चनपुरमा पनि सुरु गरिने

प्रकाशित:

महेन्द्रनगर । महालक्ष्मी लाइफले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफको एक कार्यक्रमका बीच गत सोमबारबाट शुभारम्भ गरेको छ । यसअघि सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको बिज्ञप्तिमार्फत जनाइएको छ ।

समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताउँदै समाजमा पिछडिएक तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराएका थिए ।

देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए ।

आ.व. २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिने कम्पनीले जनाएको छ । कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९९ वटा कक्षा १२ र स्नातक तहमा अध्ययनरत ८,००० भन्दा बढी विद्यार्थी, युवालाई तालिम प्रदान गरेको थियो ।उक्त कार्यक्रम अत्यन्त सफल भइ बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जनाएको छ ।

‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम कञ्चनपुरका विभिन्न स्थानीय निकायहरुमा समेत सञ्चालन गर्ने उक्त संस्थाकी कञ्चनपुर शाखा प्रमुख लक्ष्मी भट्ट थापाले बताइन् । ‘कञ्चनपुरका विभिन्न पालिकाहरुमा समन्वय गरेर ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम गर्ने तयारीमा हामीहरु छौं ।’

ताजा समाचार

सम्बन्धित समाचार