Saturday, July 27, 2024

‘भाइरल ब्यानरः प्रविधिक त्रृटिले भीमदत्तको नाम समावेश भयो, न्युनिकरण शब्द छुट्यो’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर–द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आयोजना गरेको मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्बन्धि तालिम कार्यक्रममा भिम दत्त नगरपालिकाको आर्थिक सहयोग नरहेको पाईएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आयोजकले विज्ञप्ति मार्फत व्यानरमा प्रविधिक त्रुटिले भएकोमा क्षमा सहित भिमदत्त नगरपालिकाको आर्थिक सहयोग नरहेको र त्यसमा आर्थिक सहयोग महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको रहेको भन्दै लेखनमा त्रुटि भएको द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रकि अध्यक्ष सीता बोहराले बताउनु भयो ।

न्यूनिकरण भन्ने शब्द व्यानरमा लेख्न छुटेपछि साथै आर्थिक सहयोग भन्नेमा त्रुटि भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

मानव बेचविखन तथा ओसारपसार सम्बन्धि तालिम लेखिएको व्यानर सार्जजनिक भएपछि उक्त व्यानर तथा आयोजक माथी सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेको छ ।

द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रमको व्यानरमा आर्थिक सहयोगी संस्था एवम् निकायको नाममा समेत त्रृटि भएको पाइएको हो ।

मानव बेचविखन तथा ओसारपसार सम्बन्धि तालिम,आर्थिक सहयोग भीमदत्त नगरपालिका आयोजक द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र लेखिएको व्यानरमा प्राविधिक त्रृटि भएको द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरका अध्यक्ष सीता बोहराले प्रेस विज्ञप्ति मार्फत बताएकि छिन् ।

उनले भनेकि छिन ‘सामाजिक सञ्जालमा भाइरल भएको हाम्रो कार्यक्रमको व्यानरमा मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्बन्धि तालिम र आर्थिक सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय हुनुपर्नेमा आर्थिक सहयोगमा भीमदत्त नगरपालिका र अन्य प्राविधिक त्रृटि भएकोले हामीले विज्ञप्ति जारी गरि क्षमा समेत मागिसेका छौ ।’

उनले भनिन् ‘उक्त कार्यक्रमा भीमदत्त नगरपालिको आर्थिक सहयोग होइन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको हो, प्राविधिक त्रृटिले गलत कुरा सार्वजनिक भयो ।’ उनले अगाडी भनिन् ‘प्राविधिक त्रृटिबस भएको हाम्रो व्यानरमाथी नकारात्मक सोच भएका मान्छेले भाइरल बनाए ।

कहिलेकाही काम गर्दा प्राविधिक त्रृटि हुन्छ तर आजको कुराले हाम्रा समाजका केही मान्छेका नकारात्मक सोच छ भन्ने कुरापनि प्रमाणित भयो ।’

ताजा समाचार

सम्बन्धित समाचार