
महेन्द्रनगर । डिप्लोमा ईन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को १४ केन्द्रीय अधिवेशनबाट सुदूर पश्चिमका ३ जना पदाधिकारी तथा सदस्यमा निर्वाचित भएका छन् ।
आइतवार सम्पन्न डिनको केन्द्रीय अधिवेशनबाट सुदूर पश्चिमका दिपक ओझा उपाध्यक्षमा निर्वाचि भएका छन्, भने भोजराज राना र करन सिंह धामी केन्द्रीय सदस्यमा निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन सुदूर पश्चिमका महासचिव महादेव जोशीले बताए ।
देशभरका डिप्लोमा ईन्जिनियर्सहरुको साझा छाता संगठनका रुपमा रहेको डिनले १४ औं अधिवेशन सम्पन्न गरेको छ । डिनको केन्द्रीय अध्यक्षमा कामेश्वर प्रसाद सिंह निर्वाचित भएका छन् ।
पुष १ देखि ३ गते सम्म काठमाडौंमा सम्पन्न डिनको १४ औं अधिवेशनमा दार्चुलाका करन धामी सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
