Advertisements

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत एक जना युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए ।
उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisements
