
महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकल ट्याक्टरसँग ठोक्किदा एक जनाको मृत्यु भएको ।
कृष्णपुर नगरपालिकास्थित गुलरियाको जंगलमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से २ प ८२० नम्बरको ट्याक्टरसँग एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो भने ५ जना घाईते भएका हुन् ।
से २ प ८२० नम्बरको मोटरसाईकलमा सवार शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कृष्ण साउँदको मृत्युभएको हो ।
धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा साउँदको मृत्युभएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
यसै गरी ट्याक्टरमा सवार घोडाघोडी नगरपालिकाका ४ जना महिला र स्कुटर चालक बेदकोट नगरपालिका–३ का कोमलकुमार सिंह सामान्य घाइते भएका छन् ।
उनीहरुको गुलरिया स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
