
महेन्द्रनगर । कृष्णपुर नगरपालिकास्थित गुलरियाको जंगलमा स्कुटरलाई ओभरटेक गर्दा मोटरसाइकल ट्याक्टरमा ठोक्किएको छ ।
म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से २ प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किएको हो ।
मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कृष्ण साउँद गम्भिर घाइते भएका छन् ।
उनको हाँत, खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी लगिएको छ ।
ट्याक्टरमा सवार घोडाघोडी नगरपालिकाका ४ जना महिला र स्कुटर चालक बेदकोट नगरपालिका–३ का कोमलकुमार सिंह सामान्य घाइते भएका छन् ।
उनीहरुको गोलरिया स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
